काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ महिला र ७ पुरुषको मृत्यु भएको हो ।

गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौंकी ३७, ९० र ८३ वर्षीया तीन महिला र कास्कीकी ६३ वर्षीया महिला रहेका छन् भने मोरङका ७६ वर्षीय पुरुष, सिराहाका ८७ र ६२ वर्षीय दुई पुरुष, सर्लाहीका ३५ वर्षीय पुरुष, दोलखाका ६९ वर्षीय पुरुष, मकवानपुरका ३९ वर्षीय पुरुष र बाँकेका ५९ वर्षीय रहेका छन् ।



प्रकाशित मितिः सोमबार, भदौ २२, २०७७, १७:०२