काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का कारण कैलालीका एक पुरुषको मृत्यु भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

कैलाली गोदावरी–७ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणले आज बिहान चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिए ।

फोक्सोको क्यान्सरको उपचार भइरहेको अवस्थामा उनमा बिहीबार कोभिड–१९ पुष्टि भएको थियो ।


प्रकाशित मितिः शनिबार, असार १३, २०७७, १६:५७