काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का कारण गुल्मीका एक युवकको मृत्यु भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

गुल्मी धुर्कोट–४ जैसीथोकका ३६ वर्षीय युवकको कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिए ।

उनको शनिबार राति सवा ९ बजे मृत्यु भएको थियो । उनमा जेठ १२ कोरोना संक्रमण पुष्टि भएसँगै रेसुंगा नगरपालिकाको आइसोलेशनमा राखेर उपचार गरिएको थियो । उनी २ वर्षदेखि क्यान्सर रोगले पीडित थिए ।


प्रकाशित मितिः आइतबार, जेठ ३२, २०७७, १९:२५