काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का थप चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काभ्रे पाँचखालकी ५० वर्षीया महिला, धनुषा मिथिला बिहारीका ५० वर्षीय एक पुरुष, विदेह नगरपालिका–८ का ६० वर्षीय पुरुष र सिन्धृपाल्चोक बाह्रबिसे–४ का ८४ वर्षीय पुरुषको मृत्यु भएको हो ।


प्रकाशित मितिः मंगलबार, साउन २७, २०७७, १७:०४