काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट २ महिला र ९ पुरुषको मृत्यु भएको हो ।

उनका अनुसार मोरङकी ४६ वर्षीया महिला र भक्तपुरकी ५३ वर्षीया महिला रहेका छन् भने महोत्तरीका ६०, ७२ र ७५ वर्षीय तीन जना पुरुष, कैलालीका ४५ र ५० वर्षीय दुई जना पुरुष, बाराका ४१ र ४६ वर्षीय दुई जना पुरुष, बाँकेका ३७ वर्षीय पुरुष तथा काठमाडौंका ५२ वर्षीय पुरुष रहेका छन् ।


प्रकाशित मितिः बुधबार, भदौ १०, २०७७, १६:४१