काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का कारण थप २ जनाको मृत्यु भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

आज कैलालीको गोदावरी–४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्किचुहा–२ का ४३ वर्षीया महिलाको कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि ती पुरुष कैलालीकै नजजीवन अस्पतालमा भर्ना भएका थिए । जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।


। उनको असार ३ गते बेलुकी मृत्यु भएको हो ।

यस्तै, लम्की चुहा नगरपालिकाकी महिलाको टाउकोमा चोट लागे पनि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । जेठ ३१ गते भर्ना भएकी महिलाको असार २ गते सर्जरी गर्नुअघि नमुना संकलन गरिएको थियो । उनको असार २ गते नै मृत्यु भएको प्रवक्ता गौतमले बताए । भेरी अस्पतालमा भएको परीक्षणमा असार ३ गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।


प्रकाशित मितिः बिहीबार, असार ४, २०७७, १९:०१