काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का कारण दैलेखका एक पुरुषको मृत्यु भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

दैलेख दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणले सोमबार राति साढे ९ बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिए ।

वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत उनको मृत्यु भएको हो ।

ती पुरुष कोरोना संक्रमण पुष्टि भएपछि असार ४ गते प्रदेश अस्पतालमा अस्पतालमा भर्ना भएका थिए ।


उनको अवस्था गम्भीर भएकोले सिधैं आईसीयूमा राखेर उपचार गरिए पनि आज मृत्यु भएको हो । मृतकले लामो समयदेखि क्षयरोगको उपचार गराइरहेका थिए ।


प्रकाशित मितिः मंगलबार, असार ९, २०७७, १६:४०