काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का कारण बाँकेकी एक महिलाको मृत्यु भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।

बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिए ।

उनको सोमबार साँझ मृत्यु भएको थियो । मिर्गौलासम्बन्धी समस्याका कारण उनलाई ३० जेठमा नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको थियो । सोमबार उनको स्वाब संकलन गरिएको थियो । थप रिपोर्ट नआउँदै त्यही दिन साँझ उनको मृत्यु भयो ।


प्रकाशित मितिः बुधबार, असार ३, २०७७, २१:३१