काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४११ पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ महिला र ४ पुरुषको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंकी ४०, ६० र ६३ वर्षीया तीन महिला, ललितपुरकी ७५ वर्षीया एक महिला, भक्तपुरकी ७२ वर्षीया एक महिला र पाल्पाकी ४० वर्षीया महिला रहेका छन् भने धनुषाका ७६ वर्षीय एक पुरुष, काठमाडौंका ८२ वर्षीय एक पुरुष, चितवनका ८० वर्षीय एक पुरुष र रुपन्देहीका ६७ वर्षीय एक पुरुष रहेका छन् ।



प्रकाशित मितिः आइतबार, असोज ४, २०७७, १८:१७