काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३ महिला र १३ पुरुष गरी १६ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा मकवानपुरकी १७ वर्षीया एक महिला, ललितपुरकी ५८ वर्षीया एक महिला र दोलखाकी ५२ वर्षीया एक महिला रहेका छन् भने झापाका ७२ वर्षीय एक पुरुष, सुनसरीका ४९ वर्षीय एक पुरुष, पर्साका ८८ वर्षीय एक पुरुष, काठमाडौंका ५८ र ७३ वर्षीय दुई पुरुष, भक्तपुरका ८४ र ६२ वर्षीय दुई पुरुष, मकवानपुरका ६८ वर्षीय एक पुरुष, ललितपुरका ६१ वर्षीय एक पुरुष, चितवनका ५५ वर्षीय एक पुरुष, रुपन्देहीका ६७ वर्षीय एक पुरुष र बाँकेका ५० र ५९ वर्षीय दुई पुरुष रहेका छन् ।



प्रकाशित मितिः सोमबार, असोज ५, २०७७, १६:३६