काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १ जना महिला र १० जना पुरुष गरी कूल ११ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाँकेकी ३४ वर्षीया एक महिला रहेका छन् भने सुनसरीका ५६, ५० र २७ वर्षीय तीन पुरुष, काठमाडौंका ७८ र ६८ वर्षीय दुई पुरुष, भक्तपुरका ६८ वर्षीय एक पुरुष, ललितपुरका ४८ वर्षीय एक पुरुष र रुपन्देहीका ८०, ५५ र ४२ वर्षीय तीन पुरुष रहेको मन्त्रालयले जनाएको छ ।



प्रकाशित मितिः बिहीबार, असोज १५, २०७७, १६:४०