काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५९० पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ जना महिला र ८ जना पुरुष गरी कूल १२ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंकी ७९ वर्षीया एक महिला, भक्तपुरकी ८२ वर्षीया एक महिला, ललितपुरकी ७३ वर्षीया एक महिला र सुर्खेतकी ८२ वर्षीया एक महिला रहेका छन् भने सुनसरीका ३९ वर्षीय एक पुरुष, धनुषाका ७० वर्षीय पुरुष, काठमाडौंका ५८ र ९१ वर्षीय दुई पुरुष, चितवनका ८१, ८१ र ९२ वर्षीय तीन पुरुष र कास्कीका ८३ वर्षीय एक पुरुष रहेको मन्त्रालयले जनाएको छ ।



प्रकाशित मितिः बिहीबार, असोज २२, २०७७, १६:५१