काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६१४ पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जना महिला र १२ जना पुरुष गरी कूल १४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंकी ६८ वर्षीया एक महिला र धादिङकी ३१ वर्षीया एक महिला रहेका छन् भने सुनसरीका ४५ वर्षीय एक पुरुष, मोरङका २० र ७२ वर्षीय दुई पुरुष, सर्लाहीका ७१ वर्षीय एक पुरुष, काठमाडौंका ४८ र ९० वर्षीय दुई पुरुष, भक्तपुरका ६८ वर्षीय एक पुरुष, ललितपुरका ४३ र ४९ वर्षीय दुई पुरुष, मकवानपुरका ७७ वर्षीय एक पुरुष, नवलपरासीका ३६ वर्षीय एक पुरुष र रुपन्देहीका ५७ वर्षीय एक पुरुष रहेको मन्त्रालयले जनाएको छ ।



प्रकाशित मितिः शनिबार, असोज २४, २०७७, १६:४०