काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३८ पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ जना महिला र १७ जना पुरुष गरी कूल २२ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनसरीकी ६२ वर्षीया एक महिला, धनकुटाकी ६१ वर्षीया एक महिला, काठमाडौंकी ६६ वर्षीया एक महिला, चितवनकी ७५ वर्षीया एक महिला र मकवानपुरकी ८५ वर्षीया एक महिला रहेका छन् भने सुनसरीका ६५ वर्षीय एक पुरुष, सर्लाहीका ३८ वर्षीय एक पुरुष, काठमाडौंका ६०, ७०, ७५ र ८३ वर्षीय चार पुरुष, भक्तपुरका ४४ र ५७ वर्षीय दुई पुरुष, ललितपुरका ४९ वर्षीय एक पुरुष, नुवाकोटका ७७ वर्षीय एक पुरुष, चितवनका उमेर नखुलेको एक पुरुषसहित ४७ र ९८ वर्षीय तीन पुरुष, सिन्धुपाल्चोकका ६३ वर्षीय एक पुरुष र रुपन्देहीका ६०, ६१ र ८४ वर्षीय तीन पुरुष रहेको मन्त्रालयले जनाएको छ ।



प्रकाशित मितिः २०७७ साल असोज २५ आइतबार, १६:४२