काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट ३ महिला र ९ पुरुषको मृत्यु भएको हो ।

उनका अनुसार मृत्यु हुनेमा पाल्पाकी ३० वर्षीया महिला, भक्तपुरकी ६२ वर्षीया महिला तथा काठमाडौंकी ५१ वर्षीया महिला रहेका छन् भने भक्तपुरका ८२ वर्षीय पुरुष, पर्साका ३९ र ४८ वर्षीय दुई पुरुष, सिराहाका ८४ वर्षीय पुरुष, गोरखाका ३८ वर्षीय पुरुष, कास्कीका ५८ वर्षीय पुरुष, काठमाडौंका ८३ वर्षीय पुरुष, तथा ललितपुरका ६१ र ७२ वर्षीय दुई पुरुष रहेका छन् ।



प्रकाशित मितिः शनिबार, भदौ १३, २०७७, १६:५१