काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ महिला र ४ पुरुषको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा मोरङकी ६५ वर्षीया एक महिला, रौतहटकी ५१ वर्षीया एक महिला, सर्लाहीकी ५६ वर्षीया एक महिला, काठमाडौंकी ७७ वर्षीया एक महिला, ललितपुरकी ७६ र ६८ वर्षीया दुई महिला र मकवानपुरकी ३७ वर्षीया एक महिला रहेका छन् भने काठमाडौंका ७५ वर्षीय एक पुरुष, ललितपुरका ६० वर्षीय एक पुरुष, रुपन्देहीका ६९ वर्षीय एक पुरुष र बाँकेका ४५ वर्षीय एक पुरुष रहेका छन् ।



प्रकाशित मितिः शनिबार, असोज ३, २०७७, १६:३९