काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १ जना महिला र ९ जना पुरुष गरी कूल १० जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंकी ८७ वर्षीया एक महिला रहेकी छिन् भने झापाका २९ र ५२ वर्षीय दुई पुरुष, सुनसरीका ४६, ५२ र ६८ वर्षीय तीन पुरुष, काठमाडौंका ७१ वर्षीय एक पुरुष, ललितपुरका ८४ वर्षीय एक पुरुष र रुपन्देहीका ४७ र ८४ वर्षीय दुई पुरुष रहेको मन्त्रालयले जनाएको छ ।



प्रकाशित मितिः शुक्रबार, असोज २३, २०७७, १६:४३