काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४५ पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जना महिला र ७ जना पुरुष गरी कूल ९ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंकी ७१ वर्षीया एक महिला र चितवनकी ४० वर्षीया एक महिला रहेका छन् भने सुनसरीका ३७, ८९ र ९० वर्षीय तीन पुरुष, काठमाडौंका ६३ र ६७ वर्षीय दुई पुरुष, ललितपुरका ५० वर्षीय एक पुरुष र रुपन्देहीका ७४ वर्षीय एक पुरुष रहेको मन्त्रालयले जनाएको छ ।



प्रकाशित मितिः २०७७ साल असोज २६ सोमबार, १६:३६