काठमाडौंः ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा २७ लाख नाघेको छ ।

एकैदिन ४२ हजार ५२८ जना संक्रमण पुष्टि भएसँगै ब्राजिलमा संक्रमित संख्या २७ लाख ८ हजार ८७६ पुगेको छ ।

यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा थप १ हजार ४८ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९३ हजार ६१६ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा १८ लाख ८४ हजार ५१ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ३१ हजार २०९ जनाको उपचार भइरहेको छ ।


प्रकाशित मितिः २०७७ साउन १८, आइतवार, ०६:४४