काठमाडौंः कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ८० लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ८० लाख ४० हजार ८५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ८८ हजार ७८७ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख ६ हजार ९२ को मृत्यु भइसकेको छ ।


प्रकाशित मितिः २०७७ भदौ २७, शनिबार, ०७:००