काठमाडौंः कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ९४ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ९४ लाख ४४ हजार १९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ५२ हजार ६८० संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख ३१ हजार ३२१ को मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण विश्वमा ४ हजार ५२० जनाको मृत्यु भएको छ ।


प्रकाशित मितिः २०७७ अशोज १, बिहिबार, ०७:२०