कोलम्बियामा इभान डुके नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । कोलम्बियामा फार्क विद्रोहीहरूसँग भएका शान्ति सम्झौताका प्रतिबद्धता पूर्ण परिमार्जन गर्ने वाचा गरेका अनुदारवादी नेता इभान डुकेले ५० प्रतिशत भन्दा बढी मत प्राप्त नयाँ राष्ट्रपति चुनिएका छन्।

उनका प्रतिद्वन्द्वी पूर्व वामपन्थी छापामार गुस्ताभो पेट्रोले शान्ति सम्झौताको समर्थन गरेका थिए र उनले ४१ प्रतिशतभन्दा थौरै बढी मत ल्याएको बताइएको छ।

उनले फार्क विद्रोहीहरूसँग यसअघि भएका शान्ति सम्झौताका प्रतिबद्धताहरु पूर्ण परिमार्जन गर्ने वाचा पनि गरेका थिए । उनी विद्रोहीहरुप्रति अनुदारवादी नेताका रुपमा परिचित रहेका छन् ।


यो चुनावी परिणामले फार्क विद्रोही र कोलम्बिया सरकारबीच भएको एउटा ऐतिहासिक र विवादास्पद शान्ति सम्झौताको भविष्यबारे प्रश्नहरू खडा गरिदिएको छ।

उनले केही समयमात्र अघि कोलम्बियाली विद्रोही फार्कसँग भएको शान्ति सम्झौताको बिषयमा आलोचक रहेका थिए ।

शान्ति सम्झौतालाई पूर्ण रुपमा परिमाजन गर्ने प्रतिबद्धता उनको निर्वाचनको एक एजेण्डा पनि थियो । सन् २०१६ मा कोलम्बिया सरकारसँग फार्क विद्रोही समूहसँग भएको शान्ति सम्झौताको पुनर्लेखन हुनुपर्ने इभानको दावी रहदै आएको छ । बीबीसी