सुनसरीः बराहक्षेत्र नगरपालिका–७ स्थित सिसौली घाटस्थित कोशी नदीमा बगिरहेका मोरङ जिल्लाको कानेपोखरी गाँउपालिका–४ बस्ने ४० वर्षीय दुर्गा माझीलाई एपीएफ टोलीले मंगलबार सकुशल उद्धार गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण सुनसरीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित खटिएको एपीएफ टोलीले उनको तत्कालै उद्धार गरेको हो ।

माझीजातीहरुको महान चाड कोशी पूजाको लागि कोशी नदीमा पौडिएर सो घाटमा जाने क्रममा उनलाई नदीले बगाएको थियो ।

सोही ठाउँमा ड्यूटीमा परिचालित एपीएफ टोलीले उनलाई बगेको देख्नेबित्तिकै तत्कालै गएर सो घाट भन्दा करीब पाँच सय मिटर तलबाट उनको सकुशल उद्धार गर्न सफल भएको हो ।



प्रकाशित मितिः २०७७ साल फागुन १९ गते बुधबार, १०:५०