काठमाडौं: कोशी ब्यारेजको पुलमा ठोक्किएर जेसीबी डोजर बोकेको ट्रक नदीमा खस्दा घटनामा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अनुसार मृत्यु हुनेमा विनोद बराइली र घनश्याम चौधरी छन् । प्रहरीका  अनुसार पूर्वतर्फ गइरहेको ना ४ ख ३५६ नम्बरको ट्रक ब्यारेजको २० र २१ नम्बर ढोकामा ठोक्किँदै नदीमा खसेको थियो । घटनामा ९ जनालाई उद्दार गरिएको थियो ।

तर, २ जनालाई इनरुवास्थित जिल्ला सरकारी अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकहरुले मृत घोषणा गरेका थिए । घाइते मध्ये ३ जनालाई थप उपचारका लागि बिराटनगरस्थित बिराट नर्सिङ होम लगिएको छ ।