नवलपरासी (पूर्व): देवचुली नगरपालिका–१ स्थित मेघापार्कमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३९ वर्षीय सुवास चन्द्र ओझा समेत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख ८५ हजार २ सय २५ रुपैयाँ र नगद १ सय ८० भारतीय रुपैयाँ सहित पक्राउ गरेको हो ।

साथै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने क्रममा भाग्दा लडेर घाइते भएका सोही नगरपालिका–४ बस्ने ३९ वर्षीय दिनेश जोशीलाई उपचारको लागि भरतपुरतर्फ पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर २७ गते शनिबार, २१:१२