काठमाडौंः क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ट्रुडोलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । श्रीमतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि क्यानडाका प्रधानमन्त्री ट्रुडो पनि आइसोलेसनमा रहने भएका छन् ।

श्रीमती सोफीलाई ज्वरो आउनेलगायतका लक्षण देखिए पछि उनको उपचार गरिएको थियो । डाक्टरले नमुना परीक्षण गरेपछि उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।

क्यानडेली प्रधानमन्त्रीका सञ्चार निर्देशकले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री श्रीमती सोफीलाई कोरोना भएको जनाएका छन् । प्रधानमन्त्री ट्रुडोलाई भने कोरोना देखिएको छैन ।


। यद्यपि, श्रीमतीसँगै प्रधानमन्त्री ट्रुडो पनि १४ दिन आइसोलेसनमा रहनेछन् ।

कोरोना भाइरसका कुनै लक्षण नदेखिएको भए पनि सुरक्षात्मक सावधानीलाई ध्यानमा राख्दै उनी १४ दिनका लागि आइसोलेसनमा बसेका हुन् ।

विश्वव्यापी रुप लिइरहेको कोरोनाले क्यानडामा १ जनाको मृत्यु भईसकेको छ । क्यानडामा हालसम्म १४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।


प्रकाशित मितिः शुक्रबार, फागुन ३०, ०९:५९