काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान) ले पाकिस्तान सुपर लिग (पीएसएल) को आगमी संस्करणको ड्राफ्ट लागि पाँच खेलाडीको नाम सिफारिस गरेको छ ।

क्यानले शुक्रबार आईसीसीमार्फत पाँच नेपाली खेलाडीलाई पीएसएलको ड्राफ्टमा राख्ने सिफारिस गरेको हो ।

क्यानले तीब्र गतिका बलर करण केसी, विकेटकीपर विनोद भण्डारी, अलराउन्डर पवन सरार्फ, स्पिनर ललित नारायण राजभण्डारी, स्पिनर आरिफ शेख को नाम सिफारिस गरेको हो ।

पीएसएलको पाँचौ सिजन पाकिस्तान सुपर लिग आगामी फ्रेबुअरी २० देखी २२ मार्च सम्म पाकिस्तानमा हुने बताईएको छ ।

आईसीसीले अब क्यानले प्रस्ताव गरेको पाँच खेलाडीलाई पीएलएलको ड्राफ्टमा राख्न कोशिश गर्नेछ ।



प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, १०:५३