काठमाडौंः फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा क्रोएसियाले माल्टामाथि सहज जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा क्रोएसियाले माल्टामाथि ३–० को सहज जित निकालेको हो ।

क्रोएसियामा लागि इभान पेरिसिच, लुका मोड्रिच र जोसिप ब्रेकालोले एक/एक गोल गरे ।

खेलको ६२ औं मिनेटमा पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । यस्तै, ७६ औं मिनेटमा मोड्रिचले पेनाल्टीमा गोल गर्दै क्रोएसियाको अग्रता दोब्बर बनाए । त्यसपछि ९० औं मिनेटमा जोसिपले गोल गर्दै क्रोएसियालाई ३–० को जित दिलाए ।

जितसँगै समूह एच को शीर्ष स्थानमा रहेको क्रोएसियाले ३ खेलमा ६ अंक जोडेको छ ।


। माल्टा ३ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।

यसै समूहको अर्को खेलमा स्लोभाकियाले रुसलाई २-१ ले हराएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १८ गते बुधबार, १०:३६