क्रोएसियामा शक्तिशाली भूकम्प जाँदा कम्तिमा सातजनाको ज्यान गएको छ । क्रोएसियाको मध्यक्षेत्र केन्द्रविन्दु भएर गएको ६।४ म्याग्निच्युडको भूकम्पमा परेर धेरै घाइते भएका छन् ।

१२ वर्षकी बालिकाको पेट्रिन्जा क्षेत्रमा मृत्यु भएको हो । प्रधानमन्त्रीले जो क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।

नजिकै रहेको ग्लिना बजारमा अरु पाँचजनाको ज्यान गएको पुष्टि भएको छ । जाजिना क्षेत्रमा रहेको चर्चको भग्नावशेषमा अर्को एकजनाको शव भेटिएको क्रोएसियाको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

भूकम्पका कारण पेट्रिन्जा नगरको झण्डै आधा भाग ध्वस्त भएको त्यहाँका मेयरले बताएका छन् ।


। भग्नावशेषबाट मानिसहरुलाई उद्धार गरिएको छ र सो क्रम जारी रहेको मेयरले उल्लेख गरेका छन् ।

क्रोएसियाको राजधानी जाग्रेबसहित छिमेकी देश बोजनिया, सर्बिया तथा इटालीसम्म महसुस भएको थियो ।


प्रकाशित मितिः १५ पुस २०७७, बुधबार, ०७:५२