रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आज बाट क्वार्टरफाइनमा पुग्ने टोलीहरुबीच भिडन्त हुँखैछ ।

नेपाली समय अनुसार साँझ पौने ८ बजे दुइ पटकको विश्वकप बिजेता उरुग्वे र एक पटकको बिजेता फ्रान्स बीच प्रतिष्पर्धा हुँदैछ ।

त्यसैगरी आज राति ११ः ४५ बजे पाँच पटकको विश्वकप बिजेता ब्राजिल र युरोपी टोली बेल्जियम बीच खेल हुनेछ ।  यी खेलबाट सेमिफाइनलमा पुग्ने टोलीको टुङगो लाग्नेछ ।