बझाङः प्रदेश नम्बर सातको प्रमुख पर्यटकिय क्षेत्र खप्तडमा हुन गई रहेको अन्तराष्ट्रिय साँस्कृतिक तथा धार्मिक पदयात्रा शुभारम्भ भएको छ। जिल्ला सदरमुकाम चैनपुरमा रहेको शुर्मा देबी मन्दिरबाट शनिबार शुभारम्भ भएको छ ।

पदयात्रा पछि यस क्षेत्रको धार्मिक एबम् पर्यटकीय महिमा बढ्दै जाने अनुमान गरिएको छ। गंगा दशहराको अबसर पारि खप्तडमा हुने दश दिने अन्तराष्ट्रिय सांस्कृतिक तथा धार्मिक पद यात्राका लागी एक टोली शुर्मादेबी मन्दिरमा पुजाआजा सहित पदयात्राको शुभारम्भ गरि खप्तडका लागी प्रस्थान गरेको हो ।

हिन्दुहरुको आस्थाको केन्द रहेको धार्मिक एवम् पर्यटकियस्थल खप्तडमा यसरी पहिलो पटक अन्तराष्ट्रिय खप्तड सास्कृतिक पद यात्रा तथा काब्य सम्मेलन हुने भए पछि यस क्षेत्रमा उत्साह छाएको छ ।


गंगा दशहरा मेलाको अबसर पारि नेपाली साहित्य तथा सास्कृतिक प्रतिष्ठान गोदावरी कैलालीको आयोजनामा सुरु हुने पदयात्राका लागी नेपाल, भारतको प्रसिद्ध तिर्थस्थलका प्रमुख जगतगुरु शंकराचार्य सहित सन्त, योगी, आर्चाय कवी, धर्मगुरु, साहित्यकार तथा पत्रकारहरुको एक टोली खप्तडका लागी प्रस्थान गरेको छ।

जेठ १ गते खप्तड त्रिबेणीमा स्नान गरि काव्य सम्मेलन गरि धार्मिक एबम सास्कृतिक पदयात्राको औपचारिक कार्यक्रमको थालनी गरिनेछ। जेठ १० गते हुने गंगादशहराको मेला पछि ११ गते स्नान गरि डोटीकोे शैलेश्वरी मन्दिरको दर्शन गरि फर्कने कार्यक्रम रहेको नेपाली साहित्य तथा सास्कृतिक प्रतिष्ठान गोदावरी अध्यक्ष पदमराज जोशीले जानकारी दिए। उनले भने,

खप्तड क्षेत्रको धार्मिक एबम सांस्कृतिक महत्वका बारेमा हालसम्म पनि प्रचार प्रसार नभएकाले यसको बारेमा प्रचार प्रसार गरि देशकै धार्मिक तथा पर्यटकिय गन्तव्य का रुपमा बिकास गर्ने उदेश्य राखेका छौ।

टोली शनिबार सदरमुकाम चैनपुरबाट खप्तड छान्ना गाउँपालिकाले आयोजना गरेको बृहत प्रबचन कार्यक्रमको सहभागी भएर ३० गते खप्तड पुग्ने कार्यक्रम समेत तय गएिको छ। कार्यक्रममा सात नम्बर प्रदेशका सबै जिल्लाका हजारौं तिर्थयात्रीहरु खप्तडतिर जान सुरु भई सकेको छ ।

खप्तडलाई हिन्दु धर्मग्नन्थहरुमा समेत खेचर पर्बतका रुपमा बर्णन गरिएको भएपनि यस क्षेत्रको प्रचार प्रसारको अभावमा ओझेलमा पर्दै आई रहेको छ। हिन्दु धर्मग्रन्थहरु जस्तै पुराण, महाभारत लगायतका थुप्रै कितावहरुमा समेत खप्तडलाई खेचर पर्बतका रुपमा बर्णन गरिएको पाइन्छ ।

खेचर भनेको देबताहरुको बास स्थान र उहाँहरुको घुम्ने तपोभूमी हो । खप्तडका घाँसे मैदान तथा फुलका बगानहरुले बिभिन्न ढुंगाका आकृतीहरुले अचम्म लाग्दा गुफाहरुले समेत यो क्षेत्र देबभूमी भएको प्रमाणित हुदै आइरहेको छ ।

पछिल्लो समयमा खप्तड क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन बिभिन्न प्रयास भएको भएपनि यसको गरिमा र महिमाका बारेमा अझै पनि प्रचार प्रसार हुन सकि रहेको छैन् ।