काठमाडौ: कोरोना भाइरस अहिलेको विश्वव्यापी चिन्ताको विषय हो। चीनको उहान सहरबाट यो भाइरसको उत्पत्ती भएको हो । नेपाल छिमेकी राष्ट्र भऐको कारण यो विषय सबै नेपालीको लागि राष्ट्रिय चासोको विषय बनेको छ।

फेब्रुअरी १५ मा चीनको वुहानबाट १७५ नेपालीहरूलाई नेपाल सरकारले फिर्ता ल्याएको थियो । त्यस बेलादेखि नै नेपालीहरूलाई फिर्ता ल्याइएको सम्बन्धमा अनेकौँ भ्रमले देशमा डरको वातावरण जगाएको थियो । विशेष गरी भक्तपुरको खरिपाटीमा बनेको क्वारेन्टाइनमा सर्वसाधरणहरु त्रसित थिए ।

चिकित्सक विशेषज्ञहरुका अनुसार १७५ नेपालीले कम्तिमा १४ दिन पर्यवेक्षणमा बिताउन पर्ने छ।


। यसै सम्बन्धमा १७५ नेपाली मध्ये एक २० वर्षीय आयुर फुयालसँग साहाना वज्राचार्य, मिडिया व्यक्तित्वले फेब्रुअरी २० तारिख बिहान ११ बजे उनको इन्सटाग्रामबाट लाइभ जाने भएकी छन् ।

२० वर्षीय कानुनी विद्यार्थी आयुर फुयाल जो वुहानमा स्नातक अध्ययन गरिरहेका थिए अहिले क्वारेन्टाइनमा रहेका १७५ नेपालीमध्ये एक हुन्।
साहाना र आयुषबीचको अन्तरवार्ताले नेपाल फर्काएका नेपालीहरुको स्वास्थ्य सम्बन्धी भ्रममा प्रकाश ल्याउने प्रयास गर्ने छ।

क्वारेन्टाइन भित्रबाट हुने भिडीयो संवाद यो पहिलो हो।


प्रकाशित मितिः २०७६ फागुन ८ गते, ०८:२३