श्रीमानले खाना पस्कने पन्युले झटारो हान्दा श्रीमतीको मृत्यु भएको छ ।

सिन्धुलीको घ्याङलेख गाउँपालिका–३ तामाजोर लप्सेमा बस्दै आएका ४६ वर्षीय एकिङबहादुर गोलेले ४२ वर्षीया श्रीमती सुपरानी गोलेको शुक्रबार हत्या गरेका हुन् । सदैव मदिरा सेवन गरी झगडा गर्ने र सो दिन श्रीमतीसँग मदिरा सेवन गर्न रु २०० माग्दा श्रीमतीले दिन नमानेपछि उनीहरु बिच सामान्य झगडा भएको तथ्य अनुसन्धानको क्रममा खुल्न आएको छ ।

झटारो हन्दा पन्यु सुपरानीको टाउकामा गाडिएको र घटनास्थलमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।