काठमाडौंः खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाबको नमूना परीक्षण गरी आज आएको पिसिआर रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको थापाको सचिवालयले जनाएको छ ।

थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेका छन् ।

चार दिन अगाडि थापाको छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि मन्त्री थापासहित उनको सचिवालयमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

यसअघि, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीमा कोरोना देखिएको थियो ।


प्रकाशित मितिः २०७८ साल वैशाख १७ गते शुक्रबार, १२:५६