काठमाडौं : मुलुक अपराध (संहिता) ऐन २०७४ को दफा १२३ मा कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौनक्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्नुहुँदैन भन्ने लेरिएको छ ।

उक्त ऐनमा सार्वजनिक स्थलमा यौन क्रियाकलाप गरे कैद र जरिवाना हुने कारबाहीको व्यवस्था गरिएको हो, जुन आगामी भदौ १ गतेबाट कानुनका रुपमा लागू हुनेछ ।

यसो गरे १ बर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।