काठमाडौंः पत्याउनुहुन्छ ? एक ग्राम मानव मलमा १ करोड भाइरस, १० लाख ब्याक्टेरिया, १ हजार परजीवी सिस्ट र एक सय परजीवीका अन्डा हुन सक्छन् ।

यसैले तपाइँको गाउँ, टोल, छरछिमेकमा खुला शौच भइरहेको छ भने रोकिहाल्नुस् । यसले झाडापखाला, हैजा, ग्यास्ट्रोइन्ट्राइटिस, टाइफाइड, पेटमा कीरा पार्ने, हेपाटाइटिस, ट्रकोमा आदि थुप्रै रोग निम्त्याउन सक्ने विज्ञहरु बताउँछन् ।

रोग निम्तयाउन मात्र नभई खुला स्थानमा शौच गर्नु पर्यावरणका लागि समेत हानिकारक छ ।

खुला शौचले पानीसँगै कृषि उत्पादनसमेत प्रदूषित हुन्छ । ‘मुलुकमा खुला स्थानमा शौच बस्ने अवस्था मात्र अन्त्य गरे थुप्रै रोग, संक्रमण आदीबाट बच्न सकिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)का निर्देशक डा. रुना झाले भनिन् ।


। यो समाचार आजको कान्तिपुरले तेह्रौं पृष्ठमा छापेको छ ।


प्रकाशित मितिः बुधबार, असोज १५, ०७:३७