काठमाडौंः खेती फुडबाट सामान खरिद गरी सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क र १ थान साबुन निःशुल्क पाइने भएको छ ।

पेलेस एपको कुपन सेक्सनको खेती फुडबाट सामग्री खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकले १० थान मास्क र १ थान साबुन निःशुल्क पाउने भएका हुन् ।

हाल विश्व भरी फैलिँदै गरेको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्नको लागि नेपाल सरकारबाट आम सर्वसाधारणलाई सामाजिक दुरी कायम गर्न र अत्यावश्यक कार्यका लागि बाहेक घरबाट बाहिर ननिस्कन निर्देशन जारी गरिएको हुँदा, यस समयमा ग्राहकहरुको सुरक्षा र अत्यावश्यक आवश्यकताहरुलाई ध्यानमा राखी पेलेस एपले अत्यावश्यक सामग्रीहरु ग्राहकहरुको घरमै पुर्याउनको लागि नेपाल सरकारबाट अनुमती प्राप्त गरेको छ ।


। यसबाट ग्राहकहरुले कोरोनाको संक्रमणबाट बच्नको लागि सामाजिक दुरी कायम गर्न थप मद्दत पुग्नेछ ।

यसका साथै भुक्तानी गर्दा नगद कारोवारबाट पनि कोरोना भाईरसको संक्रमणको खतरा भएको हुँदा, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नको लागि पेलेस एपको कुपन सेक्सनको खेती फुडबाट सामग्री खरिद गर्दा सेलपेका ग्राहकहरुले सेलपेको मोबाईल वा वेब एप्लिकेसनबाट सहज र सुरक्षित माध्यमबाटअग्रिम भुक्तानी गर्न सक्नेछन् ।

साथै कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि मास्ककोअत्याधिक माग भएकोले सेलपेले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गतसेलपेका ग्राहकहरुलाई मास्क निस्शुल्क उपलब्ध गराउने छ । जसको लागि सेलपेको ग्राहकहरुले पेलेस एपको कुपन सेक्शनको खेतीबाट सामग्रीको खरिद गर्दा सेलपे एप्पमार्फत अग्रिम भुक्तानी गरेमा १० थान मास्क र १ थान साबुन निःशुल्क पाउनेछन् ।


प्रकाशित मितिः सोमबार, वैशाख ८, २१:३०