काठमाडौं: सरकारले खेलकुदमा महिला सहभागिता बढाउन देशभर अभियान संचालन गर्ने भएको छ। मंगलबार काठमाडौंमा आयोजित ‘राष्ट्रपति खेलकुद महिला सहभागितामा वृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले खेलकुदमा महिलाहरुको बढिभन्दा बढि सहभागिता बढाउन सबै जिल्लामा अभियान संचालन गर्न लागिएको जानकारी दिए।

सदस्य सचिव विष्टले नेपालको पहिचानलाई विश्वमा उचाईमा पुरयाउन पनि नेपाली महिला खेलाडीहरुको सहभागितामा वृद्धि गर्ने सोच बनाइएको उनले  स्पष्ट पारे। अभियानका लागि आवश्यक बजेटको व्यवस्था सरकारले राष्ट्रपति खेलकुद महिला विकास कार्यक्रममार्फत् गर्ने उनले जानकारी दिए ।


। कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलकुदमा महिला सहभागिता वृद्धि गर्ने अभियानले नेपाली समाजको सर्वाङगीन विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।