सुनसरीः सुनसरीमा लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ बिशालचोक बस्ने ३८ वर्षीय विजय कुमार रोक्का रहेका छन् ।

को १० प ६२५९ नम्बरको मोटरसाइकलमा आईरहेका रोक्कालाई विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सोमबार राति ८ बजे धरान साम्पाङ चोकबाट नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनीमाथी चेकजाँच गर्दा शरिरमा लुकाई छिपाई राखिएको १२ ग्राम ५०० मिलिग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर र नगद १० हजार ९ सय ६० रुपैया समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


पक्राउ परेका रोक्का माथि इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २७ मंगलबार, १४:१८