झापाः मेचीनगर नगरपालिका–६ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित भारतिय नागरिक पक्राउ परेका छन ।

पक्राउ पर्नेमा भारतको दार्जिलिङ पश्चिम बङगाल खोरोबारीका २५ बर्षीय साधिक आलम रहेका छन ।

लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आलमलाई शनिबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारीर प्रबक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

नियन्त्रण पश्चात उनि माथी चेकजाँच गर्दा कालो प्लाष्टिकमा लुकाई छिपाई राखिएको २६ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको उनले बताए ।

पक्राउ परेका आलम माथि इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।



प्रकाशित मितिः २०७७ साल कार्तिक १७ सोमबार, १२:२८