खोटाङः खोटाङको दिक्तेलमा शुक्रबार बिहान दिक्तेल बजारको रत्नपार्कमा आगलागी भएको छ ।

शुक्रबार बिहान साढे तीन बजेबाट सुरु भएको आगोबाट पाँच घर जलेर नष्ट भएको छन् ।

आगोले अम्बिका बुढाथोकी र कृष्ण श्रेष्ठको घर नष्ट भएको छ । आगो नियन्त्रण गर्ने क्रममा अन्य तीन घर भत्काइएको छ । आगो नियन्त्रणका लागि नवीन गुरुङ, रविध्वज राई र राजु श्रेष्ठको घर भत्काइएको हो ।

आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ । आगो नियन्त्रणमा लिन प्रहरी, सशस्त्र, सेना तथा स्थानीय खटिएका थिए ।

आगलागीको कारण र भएको क्षति विवरण आइनसकेको छैन ।


प्रकाशित मितिः शुक्रबार, कार्तिक २३, ०९:१५