खोटाङः खोटाङको हलेशी तुवाचुङ नगरपालिका–१० बिजुलेधाप स्थित हलेशी दिक्तेल सडकखण्डमा अटो पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुङ्गा बस्ने ३१ वर्षीय टंक दाहाल खत्री रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो सवा ३ बजे बिजुलेबाट दिक्तेल तर्फ आउँदै गरेको को २ ह ८३४६ नम्बरको अटो आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।


प्रकाशित मितिः शनिबार, मंसिर २१, ११:४७