खोटाङः रावावेशी गाउँपालिका–३ मा शनिबार साँझ ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक थुलुङ दुधकोशी गाउँपालिका–४ का १८ वर्षीय निङमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रहरीका अनुसार रावावेशी गाउँपालिका–३ को जयरामघाटबाट एसेलुखर्कतर्फ जाँदै गेरको स १ च ५७३५ नम्बरको ट्याक्टर ब्रेक फेल सडकबाट करिव २०० मिटर तल खस्दा घाइते भएका तामाङको उपचारको लागि हलेशी तर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः आइतबार, मंसिर १, ११:४१