काठमाडौंः प्रहरीले खोटाङ र डोटीबाट भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ सल्लेनी बस्ने मेघराज राईलाई २ थान भरुवा बन्दुक सहित आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा भरुवा बन्दुक अबैध रुपमा राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारेको हो ।

यसैगरी, डोटीको बोगटान फुडसिल गाउँपालिका–३ बस्ने ५१ वर्षीय हर्क बहादुर बिश्वकर्मालाई १ थान भरुवा बन्दुक सहित आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा भरुवा बन्दुक छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चवराचौतारा डोटीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।


यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः शुक्रबार, असोज २३, २०७७, १७:४०