मोरङः कानेपोखरी गाउँपालिका–४ त्रिबेणी चोक बस्ने ३३ वर्षीय रेशम माझीको खोलामा डुबेर मृत्यु भएको छ ।

शनिबार राति साढे १० बजे सोही स्थानमा रहेको करिया खोलामा माझीलाई आफन्त सहित स्थानीयहरुले डुबेर बेहोस भएको अवस्थामा फेला पारी प्रहरीमा खबर गरेका थिए ।

पानीमा डुबेर बेहोस भएका माझीको घोपा धरानमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २५ आइतबार, १३:११