रामेछापः  कक्षा ११ को परीक्षा दिन गएका ७ जना विद्यार्थीलाई खोलाले बगाएको छ ।

रामेछापको सदरमुकाममा मन्थलीमा आज बिहान खोलाले बगाउँदा ६ जना विद्यार्थीहरुको को उद्धार गरिएको र एकजनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

बेपत्ता हुनेमा मन्थलीको महेन्द्रोदय माविकी सुष्मा फुँयाल रहेको पनि प्रहरीले जनाएको छ ।

मन्थलीको रुद्राक्षेश्वर मावि भटौली केन्द्रमा ११ कक्षाको परीक्षा दिन जाने क्रममा उनीहरुलाई खोलाले बगाएको हो ।

प्रहरीका अनुसार, अहिले बाढीका कारण मन्थली बजार डुबानमा परेको छ ।