पोखराः गण्डकी प्रदेशले टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ ।
पोखरा रंगशालामा आज भएको फाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी२०७७ साल फागुन १ गते शनिबार क्लबलाई २५–२२, २१–२५, ३२–३०, २३–२५ र १५–११ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हो ।
उपाधिसँगै गण्डकीले नगद १ लाख ५० हजार प्राप्त गरेको छ । उपविजेता आर्मीले ७५ हजारमा चित्त बुझायो ।
महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
आजै भएको फाइनल खेलमा एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।
टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगितामा महिला र पुरुषमा समान ४/४ टोलीको सहभागिता रहेको थियो।
।
प्रकाशित मितिः २०७७ साल फागुन १ गते शनिबार, २१:०९
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook