पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिपरिषद विस्तार गरेका छन् ।

स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई समेट्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मनाङेलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरिएको छ ।

उनलाई आजै प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ गराएका छन् ।

मनाङ्गेलाई मन्त्री बनाएसँगै सामाजिक विकास मन्त्रालय फुटाएर नयाँ मन्त्रालयका रुपमा युवा तथा खेलकुद बनाइएको छ । यसअघि माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भने खाली नै छन् ।


। रिक्त भएको आन्तरिक मामिला तथा कानून, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई दिइएको छ भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री गुरुङ आफैंले राखेका छन् ।

आफूविरूद्ध अविश्वास प्रस्ताव आइरहेका बेला मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।


प्रकाशित मितिः २०७८ साल वैशाख १६ गते बिहीबार, १८:४५