टेक्ससः गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार कृष्ण जीबी पन्थले ‘गतिशिल, पारदर्शी र संस्थागत एनआरएनए’ का लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । टेक्ससको विभिन्न कार्यक्रममा सहभागि हुने क्रममा पन्थले सो कुरा बताएका हुन् ।

सो अवसरमा पन्थले संघले लिएको मूल मर्म र अभियानलाई मूर्तरुप दिने पनि लागिपर्ने बताए । एनआरएनए अमेरिकालाई साझा संस्थाको रुपमा विकास गर्ने योजनासहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका पन्थले आफनो योग्यता, क्षमताले म्याएसम्म सबैको अपनत्व हुने गरि साझा संस्थाको रुपमा विकास गर्ने बताए ।

२००८ मा अमेरिका आएका पन्थ मेरिल्याण्ड राज्यमा बस्छन् ।


। गैरआवासीय नेपाली संघको अभियान भने २०१४ देखि सक्रिय छन् । २०१९ मा संघको अन्तराष्ट्रिय महाधिवेशन र विश्व सम्मेलनमा पनि प्रतिनिधि भएर काठमाडौं गएका थिए । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार पन्थ नेपाली अमेरिकी समुदायमा नरम र मिलनसार व्यक्तिका रुपमा चिनिन्छन् ।

हाल एनसीसी अमेरिकाको उपाध्यक्ष रहेका पन्थ गत २०१९ को निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएर विजयी भएका थिए ।


प्रकाशित मितिः २०७७ साल चैत १६ गते सोमबार, १२:४५