त्रिचन्द्र कलेजबाट सुरक्षा चुनौती महशुस गर्दै राजतन्त्र विरुद्धको सम्भावित विद्रोह जन्मिने डरमा दरबारले त्रिचन्द्र कलेजलाई अन्यत्रै सार्ने कसरत गर्दैगर्दा त्रिचन्द्रको पर्खालभित्रबाट एउटा यस्तो जर्बजस्त गर्जन गर्जिन्थ्यो । त्रिचन्द्र कलेज होईन यदि दरबारले दबाउन खोजेको हो भने नारायणहिटीलाई नेटो कटाएर सारिन्छ भन्ने गर्बिलो गर्जनले दरबारमा चोटिलो प्रहार पर्थ्यो ।

कांग्रेसले आधिकारिक लाइन संबैधानिक राजतन्त्र हुँदै गर्दा त्यस पार्टीमा एउटा यस्तो फिस्टो (उक्त समयमा गिरिजाबाबुको नजरमा) जन्मिएको थियो जसले देशमा राजतन्त्रको औचित्य सकिएकोले गणतन्त्रमा जानुपर्छ भनेर वकालत गर्ने हिम्मत राख्थ्यो ।


। ६२–६३ को जनआन्दोलनमा आफ्ना गर्जन र गहकिला भाषणबाट जुरुक्कै उचालेर युवाहरुलाई राजतन्त्रका विरुद्धमा सडकमा कुदाउन सफल एउटा यस्तो राजनीतिक पात्र जो आफ्नो विद्यार्थी राजनीतिदेखि नै निडर स्वाभिमानी र विद्रोही रहँदै आयो ।

काठमाडौंका सडकमा गर्जिएर हजाराैं युवाहरुको गर्जनलाई नारायरणहिटीका शासकको कानमा ठोक्याउन सफल एउटा परिवर्तनकारी पात्र आज आफ्नो लामो राजनीतिक यात्रापछि स्वास्थ्य मन्त्रालयको कमाण्ड सम्हालेका छन् । हरेक असम्भवलाई सम्भव देख्ने र चलिरहेको गतिलाई फरक बनाउन रुचाउने राजनीतिका गतिशील खेलाडी हुन स्वास्थ्यमन्त्री गगन थापा ।

अब पुरानो कार्यशैली र स्वार्थ केन्द्रित राजनीतिको शुत्रले देश समृद्ध बन्न नसक्ने तर्क राख्दै युवाहरु देश बनाउनका लागि अघि सर्नुपर्छ भनेर निरन्तर वकालत गर्दै आएका थापा आफ्नो भुमिकालाई फिका बन्न दिएका छैनन् । उनले आफूले प्राप्त गरेका जिम्मेवारीहरुलाई दृढतापूर्वक निर्वाह गर्दै आएका छन् । विद्यार्थी राजनीतिक परिवर्तन, आन्दोलन, पार्टीको केन्द्रीय सदस्य र संसदीय समितिको सभापति बन्दा, युवा सवालदेखि राष्ट्रको समृद्धि र पुरातनवादी राजनीतिक संस्कारको अन्त्यमा जुट्न खोजेका उनी आफ्नो क्षमतालाई सहि प्रयोग गरी राष्ट्रिय जीवनमा उत्साह भर्न आफ्ना पाइलाहरु गतिशील बनाउँदै आएका छन् ।

गगनले त्रिचन्द्रको पर्खालभित्र देखाएको उत्साह नारायणहिटीको पर्खाल भत्काउँदा देखियो । त्यसलाई वानेश्वरको सेतो घरको पर्खालभित्र पनि थप उर्जाको सञ्चार भर्ने काम गरे । जिम्मेवारीसहित सिंहदरबारको पर्खालभित्र पसेका गगनले त्यहाँ पनि आफ्नो लगाब र जनताको भरोसालाई टुट्न दिएका छैनन् । देशको स्वास्थ्य मन्त्रालयको कमाण्ड सम्हालेका गगनले सुदूरपश्चिका मनहरुले भोगेका दुःख–कष्टदेखि एउटा गरिब, जो आर्थिक कमजोरीकै अभावमा मृत्युलाई स्वीकार्न बाध्य छ । ती सबैको पीडामा मलम बन्न खोजिरहेका छन् । धेरै क्षेत्रमा सकारात्मक सुरुवात गरेका गगनले स्वास्थ्य मन्त्रालयको प्रशासनिक, प्रकृयागत, व्यवस्थापकीय र नीतिगत संरचनालाई बलियो बनाउने कदम सुरु गरिसकेका छन् ।

आफू फरक भूमिका र कमी कमजोरीमाथि जुन किसिमबाट खुलेर विरोध गर्दै आफ्नो फरक मतलाई शासक बर्गसम्म पु¥याउथँे र जवाफ माग्थे अहिले उनी सोही ठाउँमा ठाउँ छन् । उनको गर्जनको अहिले परीक्षा भईरहेको छ । ती गर्जनहरुले पानी पार्छ कि पार्दैन भन्ने कुराको परीक्षण चलिरहेको छ । गगन गनगन मात्र गर्छ काम गर्दैन भन्ने किसिमको आरोप नलागोस् भन्ने कुरामा उनका शुभचिन्तकहरुको अपेक्षा ठूलो छ ।

यो परीक्षा उनी मात्र नभएर उनीमाथि भरोसा राख्ने आम युवा पुस्ताको हो । जहाँ पार्टीको कुनै पर्खालले छेक्दैन ।
आफूसँग कति डाक्टर र नर्स छन् भनेर यकिन तथ्याङ दिनसमेत नसक्ने स्वास्थ्य मन्त्रालयको उकुसमुकुस र भद्रगोल प्रशासनको बागडोर सम्हालेका गगनले त्यँहा आजसम्मको स्थितिमा उत्साहित रुपमा खटिरहेका छन् । सुरुवाती चरणमा काठमाडाैंका ठूला सरकारी अस्पतामा लाईन व्यवस्थापन गर्न टोकन सिस्टम राखे अनि शौचालय पनि सफा गर भनेर हारगुहार गरेका गगनले त्यहाँका कर्मचारीतन्त्रको काम गर्ने शैलीलाई परिवर्तन गर्ने प्रयास गरिरहेका छन् ।

हुन सक्छ, भद्रगोल रुपमा रहेको देशकै ठूलो कर्मचारी संख्या रहेको मन्त्रालयबाट पाउने सेवा तत्कालै जनताले महसुस गर्ने स्तरमा पुगेका छैनन् होला । तर पनि गगनले दीर्घकालीन योजनाअनुसार नै मन्त्रालयको प्रशासनिक चुस्तता र जनस्वास्थ्यलाई सर्बसुलभ र परिणाममुखी बनाउनका नितिगत रुपमा धेरै परिवर्तनको प्रयास गरेका छन् । जुन दिर्घकालमा नेपालको स्वस्थ्य क्षेत्रमा कोशेढुङगा सावित हुनेछ ।

थाापाले यसअघिका मन्त्रीहरुले आफ्नो कार्यकालमा सस्तो लोकप्रियता कमाउनकै लागि प्रभावकारिताको मुल्याङ्कन नगरी गर्ने कार्यशैली भन्दा पनि नेपालको स्वास्थ्य क्षेत्रलाई दरिलो बनाई यसभित्रका विकृति, माफीयाकरण, विचौलियापन र कमिशन तन्त्रको जरो उखेल्ने प्रयास गरिरहेका छन् । देशभरका सरकारी अस्पतालको गुणस्तर सेवा, उपकरण, कर्मचारी, डाक्टर र नर्सको उचित व्यवस्थापका लागि गगनले सक्रियता देखाएका छन् । औषधि खरिद, स्थानीय तहमा त्यसको आपूर्ति रहेको नीतिगत अन्यौललाई चिर्न प्रयास गरिरहेका छन् । उनी आएपछि स्वास्थ्य मन्त्रालयलमा धेरै सुधारका कार्यहरु भईरहेका छन् । जसको परिणाम विस्तारै देखा पर्दै जानेछ ।

स्वास्थ्य चौकीको पुर्वाधार निर्माण र डाक्टरहरुको उपलब्धतालाई प्राथामिकता दिएर काम अगाडि बढाएका गगनले मुटुको भल्व फेर्ने, डायलासिस, प्रत्यारोपण जस्ता जटिल तथा खर्चिलो उपचारलाई लक्षित बर्गको लागि नीतिगत रुपमै निशुल्क गराएका छन् । विशिष्ट र पूर्व विशिष्टको उपचार खर्चमा सीमा निर्धारण गरेका गगनले एउटा प्रणालीको विकास गर्ने काम गरेका छन् । त्यसैगरी सरकारी अस्पतालहरुमा ओपिडीको समय थप गरेका छन्, भने ९ देखि ३ बजेसम्म सरकारी डाक्टरहरुले बाहिर निजि संस्थामा गएर काम गर्न नपाउने गरी नीति लागू गर्न सफल भएका छन् । त्यसैगरी स्वास्थ्य विमाको पनि पक्रिया सुरु भईसकेको छ ।

प्रत्येक अस्पताले १० प्रतिशत सेवा आर्थिक अवस्था कमजोर भएका जनताहरुलाई निशुल्क गर्नुपर्ने व्यवस्था गराएका छन् । जेहोस् गगनले स्वास्थ्य मन्त्रालय भित्र गएर त्यहाँको समस्याको जड पत्ता लगाएका छन् । अबका उनका प्रयासहरु तीनको समाधान तर्फ केन्द्रित हुनेछन् ।

समस्याको पहिचान नगरी कुनै पनि सुधारका काम गर्न नसकिने व्यवस्थापकीय मान्यतालाई गगनले राम्रोसँग बुझेको उनको काम गराईको तरिकाबाटै प्रष्ट हुन्छ । प्रत्येक अञ्चल अस्पतालमा निशुल्क पीजी पढ्ने व्यवस्थाको लागि नीतिगत काम गरेका छन् । त्यसका साथै सरकारी अस्पतालमा चिकित्सक र नर्सको आकर्षण बढाउन सेवा सुविधा पनि आकर्षक बनाउने रणनीति बनाएका छन् । स्वास्थ्य क्षेत्रमा देखिएका संस्कारजन्य समस्या र कमाउ धन्दाविरुद्ध गगन चट्टान भएर उभिरहँदा उनलाई असहयोग गर्ने काम पनि भयो तर पनि उनि पछाडि हटेका छैनन् ।

दृढ आत्मविश्वासका साथ काम गरेका गगनले कुटनीतिक क्षमताका साथमा समन्वय गरिरहेका छन् । सैनिक अस्पताल पब्लिकको लागि पनि सुविधामा ल्याईएको छ । जनस्वास्थ्यमा सर्बसुलभता र सहजता गराउन चिकित्सकलाई सरकारी सेवामा आकर्षण गरी सरकारी अस्पतालमा हुने चिकित्सक अभावका समस्यालाई दीर्घकालीनरुपमै समाधान गर्न उनले वैज्ञानिक र व्यवस्थित रुपमा कदमहरु चालेका छन् । मदिरा निरुत्साहित गर्न कार्यविधि बनाउने काम भएको छ । चर्चा कमाउनको लागि त तिर्खा लागेकालाई एक जग पानी दिएमात्रै पुग्छ तर पानीको अभावको दीर्घकालीन समाधानका लागि धारा नै जोड्ने गरी गगनले आफ्नो ध्यान केन्द्रित गरेका छन् ।

उनले स्वास्थ्य मन्त्रालयका दैनिक र अत्यावश्यक कामको साथै दीर्घकालीन विकासका कामहरु सँगसँगै अगाडि बढाएका छन् । जसले देशको जनस्वास्थ्य र जनस्वास्थ्य प्रशासन सुधारको दीर्घकालीन मार्गचित्र कोर्ने कुरामा दुई मत छैन् । उनको काम गराईको तरिका र स्प्रीडलाई सबै कर्मचारीतन्त्रले आत्मसाथ गर्नसके मात्र पनि हाम्रो स्वास्थ्य क्षेत्रको समृद्धि धेरै टाढा नहुने निश्चित छ । यहाँ गगन थापा मन्त्री पदमा बसेर रातारात कायपलट भयो भन्ने कुरा होईन । तर उनले गरेका कामबाट अन्य नेतृत्वले पनि देश र जनताप्रतिको जिम्मेवारी बोध र राजनीतिक संस्कार के हो भन्न कुरा बुझ्नु जरुरी छ ।

थाहा छैन मैले यहाँ एउटा मन्त्रीले देश र जनताप्रति निभाएको उत्तरदायित्वको लामो वर्णन गर्नु स्वभाविक हुने थियो या थिएन । एउटा मन्त्री वा राजनीतिक नेतृत्वको मुख्य अभिभारा नै देश र नागरिकप्रतिको ईमान्दारिता र नागरिक सेवाको कठोर साधना भएकाले यसको सामान्यकृत विश्लेषण नै न्यायपूर्ण हुन्छ र हुनुपर्ने हो । किनकि मानव अंगको रुपमा रहेको फोक्सोको मुख्य काम नै श्वास फेर्ने हो र आखाँको काम देख्ने नै भएकोले यसमा गुनगान गाउनु सायदै नपर्नेे हो । यो स्वभाविक तथ्य बन्नुपर्छ । तर विडम्बना हामी नेपाली जनता अहिले यस्तो अवस्थामा छौँ कि कुनै प्रशासकले ईमान्दारीपूर्वक जनसेवा गर्दा पनि उत्साहित हुनुपरेको छ ।

एउटा राजनीतिक पात्र मन्त्री बन्दै गरेर जनताप्रति ईमान्दार रुपमा सेवा गर्दैमा पनि उत्साहित हुनु परेको छ । एउटा प्रहरीले आफ्नो दायित्वलाई कुशल ढगंले निभाउँदा पनि उसको गुणगान गाउनु पर्ने स्थिति छ । जुन उनीहरुको नियमित जिम्मेवारी र पेशागत धर्म हो । तर त्यही कुरा हामिलाई ठूलो लाग्ने गरेको छ । किनकि हाम्रो देशका अधिकांश राजनीतिक नेतृत्व र निजामति प्रशाशक हरुमा जनताप्रतिको उत्तरदायित्व जिम्मेवारी र पेशागत धर्ममा विचलीन आएको छ । उनीहरुको इमान जबरजस्त रुपमा चुकेको छ । त्यसैले त त्यो भीडमा कुनै त्यस्ता गतिशिल र जनसेवाप्रति जिम्मेवार पात्र निस्किँदा हामि उत्साहित बनिरहेका हुन्छौँ ।

रमेश खरेल, सर्बेन्द्र खनाल, लिलामणि पौडेल, कुलमान घिसिङ, जनार्धन शर्मा, लालबाबु पण्डित लगायतका पात्रहरु जनताका बीचमा चर्चित र आशाका केन्द्र बन्नुमा पनि हाम्रो देशको सुस्त प्रशासन र बिकृत राजनीतिको बीचबाट उनीहरुले छरेको आशाको किरण प्रमुख कारण हो । एउटा सफल नेतृत्व त्यो हुन्छ जसले देशमा नयाँ किसिमको उत्साहा र आशालाई तरंगित गर्न सक्छ । हो गगनले देशको अराजक र गैर जिम्मेवार राजनीतिक अवस्थादेखि चरम निराशाबाट गुज्रिरहेका युवाहरुलाई देशमा केही गर्नुपर्छ, युवाहरुले अब देशको जिम्मेवारीलाई काँधमा राख्नुपर्छ भनेर आम युवाहरुलाई उत्साहित बनाउने काम गरेका छन् ।

 

त्यसैले त देशका अधिकांश युवाहरुले गगनलाई आफ्नो र आफ्नो पुस्ताको अघोषित प्रतिनिधिको रुपमा चित्रण गरेका छन् । गगनको सफलता र असफलतालाई आफ्नो पुस्ताको सफलता र असफलतासँग हेरेर जोडेका छन् । यो कुरालाई राम्रोसँग बुझेका गगनले आम यवा पुस्ता र गतिशील सोच भएका आम जनमानसको भावनालाई जिवन्त राख्ने कोशिस गरिरहेका छन् । जसरी मध्यरातमा घना जङगलभित्र हराएको मान्छेलाई गामवेशीमा बलेको सानो टुकीले उत्साहित बनाएर आफ्ना यात्राहरुलाई सोही उज्यालोतिर लम्काउन मद्दत गर्छ त्यसरी नै गगन थापाको सक्रियता, दृढ विश्वास ,ईमान्दारिता र जिम्मेवारीको चम्किलो ज्योतीले नेपाली विकृत राजनीतिको अध्यारो हराएर उज्यालो देख्ने आशा मार्न थालेका भविश्यहरुलाई उत्साहित बनाईरहेको छ ।

गगनको नेतृत्व क्षमताले हामीले चाह्यौ मात्र भने जस्तोसुकै प्रतिकुलतामा पनि काम गर्न सकिन्छ भन्ने कुराको आशा जगाएको छ । यसो भनिरहँदा यहाँ गगनलाई जबरजस्त लोकप्रियताको पगरी ओढाउन खोजिएको पनि होईन । मात्र गगनका योगदानको समिक्षा गरेको हो । किनकी एउटा राजनीतिक प्रणालीका लागि उ प्रतिका आलोचना र समर्थनहरु मार्ग निर्देशक बन्न सक्छन् । यसमा हामि जनता चुक्यौ भने उनीहरुप्रति अन्याय हुन्छ । त्यसैले गगनको सन्दर्भमा यहा दिईएका सुभाव र समर्थनहरु अन्यथा हुदैन भन्ने अपेक्षा लिएका छु ।

संस्कारजन्य कुपोषणका कारण निरन्तरको राजनीतिक अस्थिरता, स्वार्थकेन्द्रित प्रवृत्ति अराजकता, नातावाद कृपावाद, कमजोर लोकतान्त्रिक चरित्र, कमजोर अभ्यासमा रहेको कानुनी राज्य, शुशासन र दयनीय सेवाप्रवाहबाट सिथिल बनेको देशलाई हाम्रै पुस्तामा नै समृद्ध बनाउन बर्तमान नेतृत्व फरक गतिमा हिड्नु अपरिहार्य हुनेछ । जुन अहिले गगन थापा, जनार्दन शर्मा, रबिन्द्र अधिकारी लगायतका धेरै युवा नेताहरुमा देखिएको छ । यहाँ कसैलाई आरोप प्रत्यारोप गर्नुभन्दा पनि पुराना नेतृत्वको अनुभव र नयाँ युवा नेताहरुको सृजनशीलता र जोशको उचित संयोजन हुनसक्यो भने मात्र देशले कोल्टे फेर्ने छ ।

साधन स्रोतबाट धनि भएको देश नेतृत्वको गरिब मानसिकताकै कारण सँधै गरिब रहनुपर्यो भने त्यो आम परिवर्तनकारी जनताको लागि ठूलो अन्याय हुनेछ । त्यसैले देश समृद्ध बनाउने अभियान सफल बनाउन विशेषगरी हाम्रा पुराना नेतृत्वको सोच समृद्ध बनाउनु पर्छ । गगन र गगन पुस्तामा विस्वास राखेका हामी आम युवाको आशा एक दिन समृद्ध देशका नागरिक बन्न पाउँ भन्ने हो । आशा छ यो मृगतृष्णामै सिमित हुने छैन् । जनताको यो भावनालाई गगन अर्थात् गतिशिल नेतृत्वले सदैव आत्मसाथ गरोस् ।

सत्ता समिकरणको व्यवस्थापनको लागि गगनलाई स्वास्थ्य मन्त्रीबाट फिर्ता बोलाउने कुराहरु चर्चामा आईरहँदा यसबाट उनले सुरुवात गरेका सुधारका कामहरु प्रभावित हुने कुरामा प्रधानमन्त्री सचेत हुनु जरुरी छ । त्यसकारण यस शन्दर्भमा नेपाली कांग्रेस र स्वयम् प्रधानमन्त्रीले पनि कार्य मुल्यांनको आधारमा निर्णय लिनु आवश्यक देखिन्छ ।